चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ-काठमाडौं-ग्वाङझाउ नियमित उडान गर्ने भएको छ ।
सन् २०२१ को मे महिनामा अन्तिमपटक काठमाडौं उडान गरेको एयरलाइन्सले एक वर्षपछि पुनः नियमित उडान सुरु गर्न लागेको हो ।
सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ ।