‘छोपा बामरे’ हिमालको सफल आरोहण


टुरिजम पाना संवाददाता काठमाडौं । १६ पुष २०८०

विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली सहितको टिमले ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेका छन् । विगु गाउँपालिका १ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको सो हिमाल अध्यक्षको टिमले सफल आरोहण गरेका हुन् ।

गत पुष ९ गते हिमाल आरोहणका लागि प्रस्थान गरेका पालिका अध्यक्ष ओलीसहितको ९ सदस्यीय टोली ८ दिनपछि आइतबार लामाबगर आइपुगेका हुन् ।

सगरमाथा आरोही तथा गाइड लिला बहादुर बस्नेत सो टिमको पथप्रदर्शक थिए ।

टोलीमा रहेका मध्ये ६ जना विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका थिए ।

रोल्वालिङ क्षेत्रको छोपा बामरेबाट सगरमाथा, गौरिशंकर, मकालु, चोयु, लोत्से लगायतका ८ हजार मिटर भन्दा बढि उचाइका हिमाल समेत अवलोकन गर्न सकिने छन् ।

१६ पुष २०८०