जानकी मन्दिरमा व्यापक भ्रष्टाचार, निष्पक्ष छानबिन गर्ने सांसदको झाको प्रतिबद्धता


टुरिजम पाना काठमाडौं । १२ माघ २०७९

प्रतिनिधि सभा सदस्य मनिष झा ले जानकी मन्दिरको मार्बल र बत्ती जडानमा ब्यापक भ्रष्टाचारको भएको भन्दै आफूले निष्पक्ष छानबिन गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट जनकपुरको जानकी मन्दिरमा भर्खरै लगाएको मार्बल फुटेको, मन्दिरको पछाडिको बत्ती झर्न थालिसकेकोले यसमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताएका हुन् ।

उनले इतिहास बोकेको ढुङ्गाको टायल फेर्न आवश्यक नै नभएको तर स्वच्छता र सौन्दर्यीकरण अभियानको नाममा व्याप्त भ्रष्टाचार गर्नकै लागि यस्तो गरिएको समेत उल्लेख गरे ।

उनी राष्टिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।

१२ माघ २०७९