एमालेको घोषणापत्र : नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य बनाउने

कुटनीतिक नियोगलाई पर्यटन प्रवद्र्धनमा परिचालन गर्ने


टुरिजम पाना काठमाडौं । १५ कार्तिक २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाललाई आकर्षण अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

आगामी संघ तथा प्रदेश सभा निर्वाचनका लागि मंगलबार घोषणापत्र जारी गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्यका रुपमा विकास गर्दै विश्व बजारमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको हो ।

यस्तै नेपाली कुटनीतिक नियोगहरुलाई पर्यटन प्रवद्र्धनमा परिचालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ । गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै आगामी पाँच बर्षमा पर्यटकको संख्या २५ लाख पु¥याउनुका साथै पर्यटकको खर्च बढाउन र प्रतिपर्यटन खर्च वृद्वि गर्न पर्यटनका पूर्वाधारहरु निर्माण तथा सुधार गर्ने योजना समेत एमालेल बनाएको छ ।

यसैगरी नेपाली चलचित्रको प्रबद्र्धन, विकास र विस्तार विस्तार गर्दै सम्भावना आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने पनि घोषणापत्रमा समेटिएको छ ।

१५ कार्तिक २०७९