तनहुँको ऋषिङ गाउँपालिका ३ स्थित दबुङकोट पर्यटकीय गन्तव्यहरूमध्ये एक विशेष गन्तव्य हो ।
समुन्द्री सतहबाट एक हजार दुई सय १० मिटर उचाइमा दबुङकोट अवस्थित छ । दबुङकोटबाट बिहान सूर्योदय र साँझ सूर्यास्तको मनमहोहक दृष्यावलोकन गर्न सकिन्छ ।
दबुङकोट जानका लागि पहिले दमौली पुग्नुपर्छ । दमौलीबाट सुँडेको पुल हुँदै करिब २ घन्टामा दबुङकोट जान सकिन्छ ।
सुँडे पुलबाट १८ किलोमिटरको दूरीमा दबुङकोट पर्छ । सार्वजनिक बस तथा निजी सवारीसाधन दुवै विकल्प त्यहाँ रहेका छन् ।
दबुङकोटबाट अन्नपूर्ण रेन्ज, बौद्ध हिमाल लगायत अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रमा विशेष गरि मकै, सुन्तला, कोदो लगायतको राम्रो खेती हुन्छ।
दबुङकोट मादी र सेती नदीको बीचमा छ । जसले पनि पर्यटकलाई आनन्दित तुल्याउँछ ।
दबुङकोटमा विशेग गरि मगर बस्ती छन् ।
तस्वीरहरू
दबुङकोट आसपासमा सोफा आकृतिका ढुंगाहरू देखिन्छन् । पहिलेका राजाहरूले ढुंगाको सोफामा बसेको किंवदन्ती छ ।