पशु वलीका लागि विश्व प्रख्यात बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला मङ्सिर लागेसँगै सुरु भइसकेको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा एक महिने मेलामा लाखौँ श्रद्धालु आउने गरेका छन् । मेलामा भारतीय तथा स्वदेशी भक्तजनहरूको निकै ठुलो सहभागिता हुने गर्छ। नेपालसहित भारत, भुटान तथा अन्य देशबाट पनि भक्तजन बारा आउँछन् ।
गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो। यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने गरेको छ ।
मङ्सिर २३ गते राँगाको तथा २४ गते बोकाको बलि दिइने साइत जुरेको छ । यद्यपि अहिलेदेखि महागढीमाईमा भक्तजन आउने क्रम सुरु भएको छ ।