धुलिखेल जिपलाइनमा २० प्रतिशत छुट


टुरिजम पाना काठमाडौं । १९ पुष २०७९
Couple zipline

धुलिखेल जिपलाइनले पर्यटकहरुलाई २० प्रतिशत छुटको अफर ल्याएको छ ।

जिपलाइनले विन्टर अफर अन्तर्गत २० प्रतिशत छुटको अफर ल्याएको हो । विन्टर लागेसँगै शुरु गरिएको यस अफरलाई अंग्रेजी नयाँ बर्षको अवसरमा जनवरी महिनाभर जारी राखिने कम्पनीले जनाएको छ ।

२० प्रतिशत छुट पश्चात टेण्डम जिपलाइनको ३ हजार ६ सय, सुपरम्यानको २ हजार ८ सय र क्लासिकको २ हजार रुपैयाँ पर्नेछ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने पर्यटकले छुटको अवसर प्राप्त गर्ने छन् । यस्तै विदेशी पर्यटकहरुका लागि पनि तोकिएको शुल्कमा २० प्रतिशत छुट हुने छ ।

१९ पुष २०७९