डोमा बेपत्ता नभएकाे पर्वतारोहण संघको स्पष्टोक्ति


टुरिजम पाना काठमाडाैं । ४ पुष २०७९
doma sherpa nepal mountaineering association

नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा कार्यक्रममा सहभागी हुन क्यानडा पुगेपछि उतै बेपत्ता भएको भन्ने समाचारको नेपाल पर्वतारोहण संघले खण्डन गरेको छ ।

संघले साेमबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन गएकी डोमा व्यक्तिगत कामले केही समय क्यानडामै रहने जानकारी संघलाई गराएको स्पष्टोक्ती दिएको छ ।

युआइएएको साधारण सभामा गएका बेला उतै लुकेको भन्ने समाचार प्रसारित एवं प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले आधिकारिक व्यक्तिसँग सम्पर्क गरी सत्यतथ्य बुझेर मात्रै समाचार प्रसारण गर्न अनुरोधसमेत गरेको छ ।

क्यानडा जानुअघि नै शेर्पाले आफू ६ महिना क्यानडामै रहने जानकारी गराएको र अझै पनि संघका सदस्यहरुसँग सम्पर्कमा रहेको पनि विज्ञप्तिमार्फत बताइएको छ ।

अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै गत २८ अक्टोबरमा क्यानडा गएकी थिइन् । कार्यक्रम सकेर उनीसँगै गएका अन्य सबै नेपाल फर्किइसकेका छन् ।

४ पुष २०७९