पोखराको लेकसाइडमा खुल्यो ३ करोड लगानीमा ‘फ्याट् मङकी रेष्टुरेण्ट’

लाइभ म्युजिकको साथमा नेपाली र इण्डियन खानाको स्वाद


टुरिजम पाना पोखरा । ३ पुष २०७९

पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा ‘फ्याट् मङकी रेष्टुरेण्ट’ सञ्चालन आएको छ । पोखराका युवा व्यवसायी जीवन भट्टराईले यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

भट्टराईले चार तले भवनमाको तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गरेका छन्, भने पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेका छन् । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई रेष्टुरेण्टमा विशेष प्रथामिकता दिएको भट्टराईले बताए ।

रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङकीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने गरेको उनले भनाई छ ।

उनले मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी खानाका भेराइटीहरु खान सकिन्छ भने सन्देश दिन फ्याट् मङकी नाम राखेको बताए । अहिले विश्व कप फुटबललाई लक्षित गरेर फुटबल हेर्ने सुविधा रहेको उनले बताए । त्यसै गरी प्रत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत रम्न सकिने उनले बताए ।

करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण ढिलो र लागत समेत बढेको बताए । उनले पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस र पोखरामा फ्लाइ मङकी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।

३ पुष २०७९