फागुन पहिलो साता सुकुटे महोत्सव, र्‍याफ्टिङ र कायाकिङको राष्ट्रिय प्रतियोगिता हुने


फाइल तस्वीर सौजन्य: सुकुटे भ्याली रिसोर्ट

सुकुटे महोत्सव फागुन पहिलो साता हुने भएको छ । सिन्धु पर्यटन व्यवसायी संघले सुकुटे महोत्सव फागुन पहिलो साता सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष नारायण श्रेष्ठले चार दिने महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार, महोत्सवमा साँस्कृतिक, पर्यटकीय, लगायत सबै क्षेत्रको उजागर गर्नेगरि कार्यक्रमहरू आयोजना गरिएको छ ।

यस्तै र्‍याफ्टिङ र कायाकिङको राष्ट्रिय प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए । महोत्सवमा प्रधानमन्त्री तथा पर्यटन सम्बद्ध व्यवसायी एवम् संघसंस्थाहरूलाई सहभागी गराइनेछ ।

३ पुष २०७९