फेवातालमा एक डुंगा र ४ कायाक पल्टिए


टुरिजम पाना पोखरा । २० फाल्गुन २०७९
fewatal
फाइल तस्वीर

पोखराको फेवातालमा एक डुंगा ४ कायाक पल्टिएर डुबेका छन् ।

आज दिउँसो हावाहुरीका कारण एक डुंगा, ४ कायाक डुबेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले टुरिजम पानालाई बताए ।

उनका अनुसार छत भएको ठूलो डुंगा र ४ कायाक डुबेका हुन् । छत भएको डुंगामा सवार उद्धार गरिएका ६ जनामध्ये १ जना बेहोस भएकाले उपचार भईरहेको छ भने कायाकमा सवार ४ जनाको सकुशल उद्धार गरिएको उनले बताए ।

शशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उनीहरुको रेस्क्यु गरेको हो ।

२० फाल्गुन २०७९