डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु


टुरिजम पाना काठमाडौं । २१ फाल्गुन २०७९
fewatal
फाइल तस्वीर

पोखरामा शनिवार दिउँसो आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा परी घाइते भएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । पोखराको फेवातालमा एक डुंगा ४ कायाक पल्टिएर डुबेका थिए ।

२१ फाल्गुन २०७९