फेवाताल बृहत सरसफाइ अभियान

सबै सहकारी संस्था सहभागी हुन महानगरको आग्रह


टुरिजम पाना पोखरा । २४ आश्विन २०७९
fewatal
फाइल तस्वीर

पोखरा महानगरपालिकाले ‘फेवाताल बृहत सरसफाइ अभियान’ आयोजना गर्ने भएको छ ।

असोज २५ (मंगलबार) का दिन बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उक्त अभियान सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरले एक विज्ञप्ती जारी गर्दै महानगर भित्र सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरूलाई सरसफाइ अभियानमा सहभागी हुन समेत आग्रह गरेको छ ।
ड्यामसाइडदेखि चङ्खपुरसम्म कुल ३३ वटा प्वाइन्टहरूमा सरसफाइ गरिनेछ । उत्कृष्ठ सहभागी सहकारी संस्थालाई पुरस्कारको समेत व्यवस्था रहेको महानगरले जनाएको छ ।

यस्तै, सहभागी संस्थाले आफ्नो पहिचान सहित उपस्थिती जनाउनु पर्ने, मास्क, पन्जा लगायतका आवश्यक सामाग्री संस्था आफैले व्यवस्था गर्नुपर्ने लगायतका कुराहरू उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२४ आश्विन २०७९