‘पोखरा भ्रमण वर्ष, २०२५’ को उद्घाटनका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।
बेलुनहरुमा झुन्डिएको ‘पोखरा भ्रमण वर्ष, २०२५’ को ब्यानर उडाउने क्रममा उद्घाटनका क्रममा बालिएको हिरझिरे पटाखाको झिल्काले बेलुनको झुत्ता नै पड्किएपछि उहाँहरु घाइने भएका हुन् । मेयर धनराज आचार्यको अनुहारमा आगोले केही असर गरेको छ भने अर्थमन्त्री पौडेललाई पनि आगोले असर गरेको जनाइएको छ । उनीहरु दुवैलाई प्राथमिक उपचारका लागि अस्पताल लगिएको छ ।