भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु


टुरिजम पाना काठमाडौं । २५ मंसिर २०७९
bayu sewa nigam
फाइल तस्वीर

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो ।

निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्कक लगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिईन् । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ ।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।

हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् ।

२५ मंसिर २०७९