भक्तपुर दरबार स्क्वायरमा गाइजात्राको रौनक (फोटोफिचर)


टुरिजम पाना संवाददाता भक्तपुर । ५ भाद्र २०८१

गाईजात्रा अर्थात् सापारु । हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहरमा धुमधामका साथ मनाइएको छ । वर्षदिन भरी मृत्यु भएका आफन्तको सम्झनामा घर-घरबाट बालबालिकालाई सिंगारपटार गरी गाईको रुपमा सहर परिक्रमा गराएर गाईजात्रा मनाइएको हो ।

नेवार समुदायमा वर्ष दिनभरी दिवंगत आफन्तले स्वर्गलोक प्रवेश पाऊन् भनेर बालबालिकालाई श्रृंगार पटार गरी गाईको भेषमा वा गाईलाई नै सिँगारेर काठमाडौं सहर परिक्रमा गरी गाइजात्रा मनाउने चलन छ ।

साँस्कृतिक सहर भक्तपुरमा भन्ने फरक किसिमले गाइजात्रा मनाइन्छ । मृतकका घरअगाडि ताहासा बनाई मृतआत्माले शान्तिको कामनाका साथ संकल्प पूजा गरी गाईजात्रा मनाउने गरिन्छ ।

दिवंगत आफन्तको सम्झनामा वर्ष दिनभित्र मरेकामध्ये मृत्यु संस्कार गर्नु नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोको शृंगारपटार गरी प्रदर्शन गरिन्छ । उमेर पुगेर मरेका व्यक्तिहरुका लागि बाँसको ताहासाँ बनाइन्छ । भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण ताहासाँ अर्थात प्रतिकात्मक गाई, घिन्ताङ्किसी, परम्परागत नाचगान र व्यङ्ग्यात्मक प्रहसन हो ।  गाइजात्रा मनाउने क्रममा मंगलबार भक्तपुर दरबार स्क्वायरमा ठूलो भीड लागेको थियो ।

फोटोफिचर

५ भाद्र २०८१