सपरिवार हट एअर बेलुनमा उडे ओबरोय (फोटो)


टुरिजम पाना पोखरा । ३ पुष २०७९

बलिउड अभिनेता विवेक ओबरोयले पर्यटकीय नगरी पोखरामा हट एअर बेलुनमा उडान गरेका छन् ।

सपरिवार नेपाल घुम्न आएका उनले शनिवार बिहान पोखरामा बलुन नेपालले सञ्चालनमा ल्याएको हट एअर बेलुनमा उडान गरेका हुन् । उडान अगाडि ओबरोयले आफ्ना वुवा सुरेश ओबरोयको जन्मदिनको अवसरमा केक काटेर सेलिब्रेसन समेत गरेका थिए ।

यसअघि शुक्रबार हाइग्राउण्ड एडभेञ्चरको जिपलाइन र स्काइक्रिमरमा रमाईलो गरेका थिए । यसअघि उनी काठमाडौंमा पशुपतिनाथ र चन्द्रागिरी हिल्स पुगेका थिए ।

ओबरोय घुमफिरका लागि १० दिने नेपाल भ्रमणमा आएका हुन् ।

 

३ पुष २०७९