जोन्टा क्लब अफ काठमाडौंले गर्यो साइकल वितरण


जोन्टा क्लब अफ काठमाण्डौले दाङको हेकोलीस्थित विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ४० बालिका तथा किशोरीहरूलाई  आइतवार साइकल वितरण गरेको छ ।

क्लवका अध्यक्ष आभा शाहले सो विधालयका कक्षा ८,९ र ११ मा अध्ययन गरिरहेका किशोरीहरुलाई एक समारोहका बिच उक्त साइकल वितरण गरेकी थिइन् ।

वडा अध्यक्षको उपस्थितीमा भएको सो समारोहमा यस क्लबका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

यसका अतिरिक्त ४० वटा विद्यार्थीहरुलाई स्कूले झोला पनि बाँडिएको थियो । अध्यक्ष शाहले समारोहमा शिक्षाको महत्वको बारे बोल्दै भनिन्, “एक बालिका शिक्षित हुँदा त्यो घरको परिवारमा शिक्षाको ज्योतिले उज्ज्यालो छरेको हुन्छ । शिक्षित छोरीले नै शिक्षित समाज निर्माणमा टेवा दिन्छिन् । समाजको परिवर्तनका साथै राष्ट्रको परिवर्तन र विकासमा सहयोगी भूमिका खेल्छिन् ।”

 

२४ बैशाख २०८१