जुगलमा घरबास तालिम : कोदोको केक र जुगले आलुको ब्राण्डिङ गरिने


टुरिजम पाना संवाददाता सिन्धुपाल्चोक । १५ माघ २०८०

जुगल गाउँपालिकाले पाँच दिने होमस्टे तालिम सम्पन्न गरेको छ। तालिममा रैथाने खानाबाट कोदोको केक र जुगले आलु गरि २ परिकारलाई ब्रान्डिङ गर्ने उदेश्य सहित रैथाने (स्थानीय) उत्पादनबाट २६ परिकार खानाको पाक शिक्षाको तालिम प्रदान गरिएको थियो।

नेपाल र सिन्धुपाल्चोक पर्यटनको जानकारी गराउदै पर्यटकको बसोबासलाइ मध्यनजर गरेर होमस्टे र यसको संचालन र दर्ता प्रक्रियाका बारेमा अभिमुखिकरण गराइएको पलिकाका पर्यटन प्रमुख मिलन तामाङले जानकारी गराए।

जुगलमा पर्यटनको बिकास, प्रबर्द्धन, सम्भावना र चुनौतीहरु र दैनिक जसो शेर्पा समुदायको आकर्षक सांस्कृतिक नाचगान सहित जुगल हिमालको आधार क्षेत्र जुगल गाउँपालिका ३ तेम्बाथाङमा ५ दिने आवासीय होमस्टे (घरबास) तालिम सम्पन्न गरिएको समेत उनले बताए।

तालिममा जुगल गाउँपालिका वडा न. २, ३ र ६ गरि ३५ जनाको सहभागी रहेको थियो । होमस्टे महासंघ नेपालको संस्थापक अध्यक्ष  भिम केसि, होमस्टे महासंघ नेपालको कोषाध्यक्ष सुरज बास्तोला र होमस्टे महासंघ नेपाल बागमती प्रदेश सदस्य तथा कुक मनिषा श्रेष्ठले  प्रशिक्षण गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मा. सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, जुगल ३ का वडा अध्यक्ष लक्षमान दोङ, जुगल ४ का वडा अध्यक्ष प्रेम तामाङ, जुगल ३ का वडा सदस्य मिङमार शेर्पा लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो ।

ब्रान्डिङ गर्न खोजिएको कोदोको केकलाइ बजारमा लानु पुर्व ल्याब टेस्ट गरिनेछ र यो प्रक्रियाका कामहरु सबै होमस्टे महासंघ नेपालले गरिनेछ। बजारमा रहेको मुस्ताङे आलु भनेजस्तै नयाँ स्वाद र डिजाइन सहित जुगले आलु नाम दिइ बजारमा लाने प्रयास गरिने समेत उनले जनाए ।

उक्त तालिम जुगल गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समन्वयमा भएको थियो।

१५ माघ २०८०