खुम्बु प्रवेश गर्ने विदेशी पर्यटककाे शुल्क तीन हजार


टुरिजम पाना काठमाडाैँ । ६ श्रावण २०८१

खुम्बु पासाङल्हामु गाउँपालिका प्रवेश गर्ने विदेशीले अबदेखि नयाँ शुल्क तिर्नुपर्ने भएकाे छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक ऐन २०८१ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ पर्यटन शुल्क निर्धारण गरेको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)लाई पत्र पठाउँदै नयाँ शुल्क निर्धारण गरेको जानकारी गराएका छन् ।

चालू आर्थिक वर्षमा खुम्बु गाउँपालिका क्षेत्र भित्र प्रवेश गर्ने सार्क क्षेत्र र चिनियाँ नागरिकले प्रति व्यक्ति २ हजार तथा अन्य विदेशी नागरिकले तीन हजार तिर्नुपर्ने व्यवस्था छ ।

उल्लेखित पत्र अनुसार कुटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनीका बालबालिकालाई कागजातको आधारमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको  छ।

 

६ श्रावण २०८१