पूरानै अवस्थामा फर्कँदै आगलागीबाट क्षतविक्षत बनेको ‘लेकसाइड सेन्टर’


टुरिजम पाना पोखरा । २८ फाल्गुन २०७९

आगलागीले क्षतविक्षत बनेको पोखराको हल्लनचोकस्थित ुलेकसाइड सेन्टरु पूरानै अवस्थामा फर्कन सुरू गरेको छ ।

पर्यटकीय सहर पोखराको हल्लनचोकमा रहेको व्यापारिक सेन्टर आगलागीमा परेको करिब एक महिनापछि पूरानै अवस्थामा फर्कन सुरू गरेको सेन्टरका सञ्चालक दोर्जे लामाले टुरिजम पानालाई जानकारी दिए ।

अहिले सपिङ सेन्टरको भवनहरूमा मर्मत सम्भार तथा रङ्गरोगनको काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘विस्तारै सपिङ सेन्टर चलायमान हुँदैछ । सँगसँगै रङ्गरोगनको काम पनि भइरहेको छ ।’

सपिङ सेन्टरमा गत माघ २८ गते आगलागी भएको थियो । करिब २ घन्टासम्म सपिङ सेन्टरमा आगलागी हुँदा आधा दर्जन बढी व्यापारिक प्रतिष्ठान तथा पसलहरूमा क्षति पुगेको थियो । आगलागीबाट सो सपिङ सेन्टरमा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक लामाले जानकारी दिए ।

सेलवेज डिपार्टमेन्ट स्टोरको भुँइतलामा रहेको सपिङ सेन्टरमा आगलागी हुँदा स्टोर्सको गोदाम पूर्ण रूपमा क्षति भएको थियो भने हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इक्युप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिट लगायतका पसलहरूमा आंशिक क्षति पुगेको थियो ।

२८ फाल्गुन २०७९