दोर्दी गाउँपालिकाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माण सम्पन्न भएको छ ।
केही दिनमात्रै धर्मशाला निर्माणको काम सकिएको गाउँपालिका प्रमुख युवराज अधिकारीले जानकारी दिए ।
दोर्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर पाटी तथा धर्मशाला निर्माणको काम सुरू गरेको थियो ।
संगै पर्यटकीय स्थल मेमे पोखरी अध्ययन अवलोकन,मनोरञ्जनका लागि जानेहरुको लागि सहज हुने अधिकारीले बताए ।
लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा मेला लाग्ने गर्छ । सदरमुकाम बेसीशहरबाट उकालो लागेर चिति हुँदै करिब सात दिनमा मेमे पोखरी पुग्न सकिन्छ ।
सफा मनले मेमे पोखरीको यात्रा गर्दा मनले चिताएको पुरा हुने विश्वास रहेको छ ।
समुद्री सतहबाट ४ हजार ५ सय मिटर उचाइमा रहेको मेमे पोखरी उत्तरमा हिमचुली हिमाल देख्न सकिन्छ ।
यात्रीको सहजताका लागि गाउँपालिकाले मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माण गरेको हो ।
यो पनि
अन्तिम चरणमा पुग्यो मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माणको काम