सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी नागरिकलाई कारबाही


टुरिजम पाना काठमाडौं । २८ बैशाख २०८०
national sports competition Nepal, paragliding
फाइल फोटो

सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी नागरिक ड्यारेन जोनलाई पर्यटन विभागले कारबाही गरेको छ । विभागले बिहीबार (आज) नै उनलाई कारबाहीको पत्राचार गर्ने र परमिट रद्ध गरेको हो ।

विभागका निर्देशक युवराज खतिवडाले टुरिजम पानासँग भने,‘आज नै कारबाहीको औपचारिक जानकारी दिने तयारी छ ।’
कारबाहीका लागि बुधबार मन्त्रालयले स्वीकृत दिएको विभागले जनाएको छ ।

कारबाही स्वरुप विभागले अहिले अमेरिकन नागरिक जोनको सगरमाथा क्षेत्रको परमिट रद्ध गरेको छ ।

यस्तै उनलाई सगरमाथा क्षेत्रमा लैजाने कम्पनी सेभेन समिटलाई सचेत गराउने समेत निर्णय भएको विभागले जनाएको छ ।

गत वैशाख १० गते दिउँसो सगरमाथाको क्याम्प २ मा अवैध प्याराग्लाइडिङ गरेका थिए । त्यसको सूचना पाउने वित्तिकै पर्यटन विभागले अवैध प्याराग्लाइडिङ गर्ने व्यक्ति र उनलाई लैजाने कम्पनी सेभेन समिटलाई स्पष्टीकरण सोधेको थियो ।

सगरमाथा आरोहणको अनुमति पाएका उनले प्याराग्लाइडिङको भने अनुमति लिएका थिएनन् ।

त्यसपश्चात छानबिन समितिले अध्ययन प्रतिवेदन बनाएको थियो । सो प्रतिवेदन आइसकेपश्चात विभागले ती व्यक्ति र एजेन्सी दुवैलाई स्पष्टीकरण सोधेको थियो ।

२८ बैशाख २०८०