बन्दीपुर गाउँपालिकाको लोगो बनाउने प्रतियोगिता, उत्कृष्टलाई नगद पुरस्कार, कसरी भाग लिने ?


टुरिजम पाना संवाददाता बन्दीपुर । २९ बैशाख २०८०

तनहुँको बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैशाख १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्णय गरेको हो ।

लोगो डिजाइनको लागी खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निणर्य भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

उनले भने,’बन्दीपुरको पहिचान झल्कनेगरि लोगो डपजाइन गर्न लागिएको हो। हरेक गाउँपालिकाले आफ्नै लोगो प्रयोग गरिरहेको सन्दर्भमा बन्दीपुरले पनि आफ्नै लोगो बनाउन लागेको हो ।’

छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताएका छन् ।

२९ बैशाख २०८०