को हुन् राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार पाउने सिर्जना सिज्जु ?


टुरिजम पाना संवाददाता काठमाडौं । २९ बैशाख २०८०
female vloger

यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार पर्यटन प्रवर्द्धक सिर्जना सिज्जुले पाउने भएकी छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार उनलाई दिने निर्णय गरेको हो ।

गाउँपालिका ११, रुकुम पश्चिमकी सीर्जना सिज्जु असाध्यै धेरै घुमिरहने एक यात्रीका रूपमा चिनिन्छिन् ।

टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र युट्युबमा उनले आफूले घुमेका ठाउँहरूका बारेमा भिडिओ र तस्बिरहरू राखिरहेकी हुन्छिन् ।

घुमफिर गरिरहने अन्य मानिसभन्दा उनको यात्रा अलि भिन्न छ ।

यात्रालाई लक्जरीको रूपमा कहिल्यै व्याख्या नगर्ने । सामाजिक सञ्जालमा तस्बिर र भिडिओहरू राख्दै ठाउँहरूको बारेमा व्याख्या गर्छिन् उनी ।

घुम्नको लागि अरुलाई प्रेरित गर्छिन् ।

काठमाडौंमा फरेस्ट्रि पढ्दै गरेकी २५ वर्षिया रुकुमकी सीर्जनाले पर्यटकीय ठाउँहरूलाई चिनाउन थालेको लकडाउनपछि मात्रै भएको बताउने गरेकी छन्  ।

२९ बैशाख २०८०