नेपाल एडभेन्चर एक्स्पो २०२४ आयोजना हुँदै


टुरिजम पाना काठमाडौँ । ८ आश्विन २०८१

एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना हुने भएको छ । नेपाल एडभेन्चर एक्स्पोको पहिलो संस्करणको सफलतापछि यही सेप्टेम्बर २८ तारिखमा नागपोखरीस्थित अरण्य बुटिक होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दोस्रो स्रस्करण पनि आयोजना हुने भएको हो ।

यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको थियो । नेपालको भौतिक ,सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवर्दन, पद–यात्रा, ट्रेकिंङ्ग, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकिय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्य सहित उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । भने यस पटक पनि सो उद्दश्य सहित दोस्रो संस्करणमो आयोजना गनए लागिएको आयोजक सोनाम जाङ्बु शेर्पाको भनाइ छ ।

यस पटकको एक्स्पोमा पनि एक सय भन्दा ब्राण्डका ५० वटा स्टलहरू राखिने छन् । शेर्पाका अनुसार हाम्रो पहिलो संस्करण पनि राम्रो भएकोले पनि हामीलाई दोश्रो संस्करण अयोजना गर्न अझ हौसला मिलेको छ । यो दोस्रो संस्करणको पनि भव्य सफलतापूर्वक सम्पन्न गर्ने हामीले विश्वास शेर्पाले लिएका छन् ।

विगतमा जसरी यस पटक पनि करिब तीन हजार आगन्तुकलाई भ्रमण गराउने योजना रहेको शेर्पाले बताए । उक्त एक्स्पोमा ५० देखि एक सय वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डको स्टल राखिने छन् । साथै एक्स्पोमा राखेका विभिन्न ब्राण्डले आफनो ब्राण्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्ने छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेको शेर्पाले जानकारी दिए ।

८ आश्विन २०८१