एनआरएनएको अध्यक्षमा पाल्टेन हिमाल ट्राभल्सका निर्देशक बद्री के.सी. निर्वाचित


टुरिजम पाना काठमाडौँ । ३ कार्तिक २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ‘पाल्टेन हिमाल ट्राभल्स’का निर्देशक बद्री के.सी. निर्वाचित भएका छन् ।

नेपाल आएका प्रतिनिधिले इलेक्ट्रोनिक मेसिन मार्फत र बिदेशमै रहेका प्रतिनिधिले अनलाइन मार्फत गरिएको मतदानमा प्रतिद्वन्द्वी महेश श्रेष्ठ (जापान) र आरके (राजेन्द्र कुमार) शर्मा (कतार)लाई हराउँदै के.सी. निर्वाचित भएका हुन् ।

सन् १९९० मा अमृत साइन्स क्याम्पसबाट आइएस्सी सकेर बायो टेक्नोलोजी अध्ययन गर्न रुस गएका के. सी. हाल रुसमा विभिन्न ब्यवसायमा आवद्ध छन् ।

सन् २००३ देखि एनआरएनए अभियानमा जोडिएका के.सी. नेपालमा पर्यटन र हाइड्रो ब्यवसायमा आवद्ध छन् ।

गत कार्यकालमा सहमति भन्दै तीन जनासम्म अध्यक्ष बनेपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।

३ कार्तिक २०८०