पर्यटन बोर्डको रिक्त सदस्य पदमा भण्डारी, सापकोटा र लामा नियुक्त


टुरिजम पाना संवाददाता काठमाडौं । १६ चैत्र २०८०

सरकारले नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा तीनजना सदस्यलाई नियुक्त गरेको छ।

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा पर्यटन ब्यवसायी ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा मनोनित भएका छन।

संस्कृती पर्यटन तथा नागरिक उड्डयय मन्त्रालको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई मनोनयन गरेको हो।

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

१६ चैत्र २०८०