मान्द्रेढुंगा उडानबारे प्याराग्लाइडिङ व्यवसायी र पाइलटलाई ‘ना’ ले दियो ओरेन्टेसन


टुरिजम पाना पोखरा । २४ पुष २०७९

नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखरामा उडान भर्दै आएका प्याराग्लाइडिङ कम्पनीका व्यवसायी र पाइलटलाई ‘ओरेन्टेसन’ दिएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोट, तोरेपानीबाट हुँदै आएको उडानलाई मान्द्रेढुंगाबाट गर्ने क्यानको निर्णयसँगै नयाँ ठाउँबाट के कसरी उडान सञ्चालन गर्ने भन्ने बिषयमा व्यवसायी र पाइलटलाई जानकारी गराउने उद्देश्यले ‘ओरेन्टेसन’ दिएको ना का अध्यक्ष सुनिल बहादुर भट्टराइले टुरिजमपानालाई बताए ।

विगतमा सराङकोट र तोरीपानीबाट मात्र उडान भरिरहेको अवस्थामा मान्द्रेढुंगाबाट पहिलोपटक व्यवसायिक उडान हुन लागेकोले नयाँ ठाउँको टेक अप ल्याण्डिङ आदी इत्यादीबारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको भट्टराइले जनाए ।

उनले भने, २ दिनसम्म १२ जनाको प्राविधिक टोली र पाइलटले नयाँ उडान क्षेत्रबारेमा अध्ययन गरेका थियौं, त्यसबारेमा जानकारी गरायौं, अब (आइतबार र सोमबार) सबै पाइटले ‘पाइलट टु पाइलट ‘ फेमिलाइजेसन उडान गरेर समिक्षा पश्चात मात्र व्यवसायिक उडान हुने छ । ’

कार्यक्रममा ना का पूर्व अध्यक्ष एवं नेसनल कोच हिमेश भट्टराइ र ना का पूर्व टेक्निकल उपाध्यक्ष सिनियर पाइलट बिमल अधिकारी सहितको टोलीले ओरेन्टेसन दिएको थियो ।

कार्यक्रममा पोखरामा उडान भर्दै आएका व्यवसायी र पाइलटहरु गरी करिब ३ सय ५० जना सहभागी रहेका थिए । क्यानले पोखराको सराङकोट, तोरीपानी हुँदै आएको प्याराग्लाइडिङ उडानलाई विमानस्थल सञ्चालमा आएसँगै जनवरी १ बाट मान्द्रेढुङ्गालाई प्याराग्लाइडिङका लागि एक महिना परीक्षणका लागि भन्दै अनुमती दिएको थियो ।

प्याराग्लाइडिङ पोखरामै जोगाउने क्यानको प्रयास, १ महिना मान्द्रेढुंगाबाट परीक्षण उडान हुने

सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ पोखराकै मान्द्रेढुङ्गाबाट हुने, व्यवसायीहरु उत्साहित

 

२४ पुष २०७९