पोखरामा ओबरोयले लिए प्याराग्लाइडिङको मज्जा, सोलो उडान सिक्ने चाहना


टुरिजम पाना पोखरा । ५ पुष २०७९

घुमफिरको क्रममा नेपालमा रहेका अभिनेता विवेक ओबरोयले पोखरामा प्याराग्लाइडिङको अनुभव लिएका छन् ।

विभिन्न साहसिक गतिविधिमा रमाएमा ओबरोयले सोमबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ उडानको अनुभव लिएका हुन् । स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरको टोलीले उनीसहित परिवारका १० जनालाई प्याराग्लाइडिङमा उडाएका थिए ।

ओबरायका ७ वर्षीय भान्जा, बहिनी, ज्वाइँ, छोराहरू र ६० वर्षीया आमाले प्याराग्लाइडिङको मज्जा लिए । प्याराग्लाइडिङ अनुभव लिदै अभिनेता ओबरोयले एडभेन्चर टुरिजमका पोखरा महत्वपूर्ण गन्तब्य रहेको भन्दै फुर्सद मिलाएर प्याराग्लाइडिङको सोलो उडानको प्रशिक्षणका लागि पुनः पोखरा आउने बताए ।

ओबरोय घुमफिरका लागि १० दिने नेपाल भ्रमणमा आएका हुन् ।

५ पुष २०७९