पोखरामा पाटा वार्षिक शिखर सम्मेलन तथा एडभान्चर मार्ट —२०२३ शुरू, २१ देशका २५० बढी प्रतिनिधि सहभागी


टुरिजम पाना संवाददाता पोखरा । १६ जेष्ठ २०८०

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवार देखि पोखरामा शुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड तथा ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद् (पीटीसी)को संयोजनमा जेठ १६ देखि १९ गते ( ३० मे —२ जुन २०२२३) सम्म पोखरामा सञ्चालन हुनेछ ।

नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा विभिन्न २१ देशका अतिथी करिब पाहुना, क्रेता र बिक्रेता सहित करिब दुईसय पचास जना भन्दा बढिको सहभागीता रहेको छ ।
सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विटजरल्याण्ड,फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलंका, चीन, हङ्गकङ्ग, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेशिया, लगाययतका देश र नेपाल गरी २१ देशका प्रतिनिधी सहभागी रहेका छन् ।

मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले नेपाल नेचर, कल्चर र एडभेन्चरको लागि राम्रो गन्तव्य भएको बताउँदै पाटा इन्टरनेशनलले पोखरामा आयोजना गरेको यो कार्यक्रमले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।

उनले पोखरामा निर्माण सम्पन्न भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटीका लागि आआफ्नो देशमा पहल गर्न पनि पाटा प्रतिनिधीहरुलाई आग्रह गरे ।

मालदिप्सका पर्यटन मन्त्री डा. अब्दूल मौसुमले आफुले पोखरा साच्चीकैको साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै हिमाल र समुद्र बीचको पर्यटनलाई जोडन नेपाल र मालदिप्सले मिलेर काम गर्न सकिने बताए ।

पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजना गरिएको यो पाटा मार्टले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश प्रभाव गर्ने बताए । उनले मोर्ट सम्पन्न गर्न नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तरराष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न र आग्रह गरे

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य मदन आचार्यले पाटाले प्रकृति र संस्कृतिको धनि पोखरामा आयोजना गरेको यस कार्यक्रमले नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेशनले नेपालको समग्र पर्यटन विकासमा लामो समय देखि सहयोग गर्दै आइरहेको बताउँदै यो कार्यक्रमका माध्यमबाट पनि कोभिडपछि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन, दिगो पर्यटन विकासमा सहयोग पुग्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरु बीच हुने छलफल तथा अन्तरक्रिया सहितको पाटा मार्टले पर्यटतनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताए ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालले आयोजना गरेको यो कार्यक्रमले आगामी दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत बृद्धि हुने बताए ।

सम्मेलनमा कोभिड १९ पछिको पर्यटन र पर्यटनका विभिन्न आयामका बारेमा प्यानल डिस्कसन तथा बीटुबी लयागतका कार्यक्रमहरु हुने छन् ।

यस्तै सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल हुने छ ।

रेग्मीलाई पाटा स्पेसल अवार्ड

यसैगरी सम्मेलनको अवसरमा पाटा इन्टरनेशनले आफ्नो वार्षिक कार्यक्रम अनुसार विभिन्न विधामा अवार्ड प्रदान गरेको छ ।

पाटाले मेम्मबरसिप अवार्ड देखि स्पेशल अवार्ड प्रदान गरेको थियो । सो अवसरमा पाटाले नेपाल पर्यटन बोर्ड तथा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई पाटा स्पेसल अवार्ड प्रदान गरेको छ ।

१६ जेष्ठ २०८०