विमान दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु


टुरिजम पाना काठमाडौं । १ माघ २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको विमान दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो ।

विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।

१ माघ २०७९