शुरु भयो पोखरा महोत्सव


टुरिजम पाना पोखरा । २९ पुष २०७९

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि युनाइटेड क्लबले आयोजना गरेको ११ औंं पोखरा महोत्सव बुधबारदेखि शुरु भयो ।

‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’भन्ने नाराका साथ माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उदघाटन गरे । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले मेला, महोत्सवले आर्थिक गतिविधिलाई चलायमानमा टेवा पुग्ने बताए ।

महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीका लागि आवासीय व्यवस्था सहितको शिक्षालय निर्माण गर्नतर्फ लाग्नेमा सहभागीले जोड दिए ।

महोत्सवको क्रममा भएको झाँकी प्रर्दशनमा नेपाल मगर संघ रामबजार इकाइ प्रथम भएको छ । महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ प्रजापति पराजुली, जीवन दहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दीपक अधिकारी लगायतले लोकदोहोरी प्रस्तुत गरे ।

२९ पुष २०७९