फेसन शोमा सहभागी हुन बलिउड अभिनेत्री मलाईका काठमाडौंमा


टुरिजम पाना संवाददाता काठमाडौं । २८ पुष २०७९
तस्वीर : सामाजिक सञ्जाल

बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।

मलाइका मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन् ।
त्यसपछि उनी होटल याक एण्ड यति पुगेकी थिइन् ।

स्टाइलिस पहिरनमा आइपुगेकी मलाइका सेतो विन्टर ज्याकेट र कालो चस्मामा हट देखिएकी थिइन् ।

नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।

बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले र्‍याम्प नाप्नेछन् ।

तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ ।

 

२८ पुष २०७९