मान्द्रेढुङ्गामा प्याराग्लाइडिङ्गको परीक्षण उडान


टुरिजम पाना पोखरा । २४ पुष २०७९

पोखरा महानगरपालिका वडा नं २४ मान्द्रेढुङ्गामा परीक्षण उडान गरिएको छ ।

यसअघि पोखरा–१८, सराङकोटबाट उडान हुँदै आएको प्याराग्लाइडिङ्ग हवाइ सुरक्षाको मापदण्डले सो ठाउँबाट नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उडानमा रोक लगाएपछि साविकको स्थानबाट करिब पाँच किलोमिटर पश्चिम मान्द्रेढुङ्गाबाट उडान परीक्षण गरिएको हो ।

परीक्षण उडानमा पाइलटहरु सहभागी थिए । आज र भोली सबै पाइटले ‘पाइलट टु पाइलट ‘ फेमिलाइजेसन उडान गरेर समिक्षा पश्चात मात्र व्यवसायिक उडान शुरु गरिने नेपाल हवाई खेलकुद संस्था (ना) ल जनाएको छ ।

क्यानले पोखराको सराङकोट, तोरीपानी हुँदै आएको प्याराग्लाइडिङ उडानलाई विमानस्थल सञ्चालमा आएसँगै जनवरी १ बाट मान्द्रेढुङ्गालाई प्याराग्लाइडिङका लागि एक महिना परीक्षणका लागि भन्दै अनुमती दिएको थियो ।

२४ पुष २०७९