नवनिर्वाचित अध्यक्षको प्रतिबद्वता: होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउछु


टुरिजम पाना काठमाडौं । २१ पुष २०७९
Dinesh Kumar Chuke

होटल व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताएका छन् ।

महासङ्घमा निर्वाचित भएसँगै उनले हेटौडामा महासङ्घको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योग सरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने प्रतिवद्वता जनाए ।

बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट चुकेको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनमा देशभरबाट सात सय भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।

२१ पुष २०७९