पार्किङ निषेध गर्ने निर्णयबाट एक हप्तामै पछि हट्यो पोखरा महानगर


टुरिजम पाना पोखरा । २३ माघ २०७९
पोखरामा पार्किङमा राखिएका सवारी । तस्वीर : युवराज हमाल

पर्यटकीय शहर पोखराका मुख्य बजार र चोकहरूका सडकमा मोटरसाइकल र गाडीहरू पार्किङ गर्न नदिने निर्णय गरेको पोखरा महानगर पछि हटेको छ ।

महानगरपालिकाको यातायात व्यवस्थापन समितिको गत सोमबार बसेको बैठकले उक्त निर्णय गरेको भएपछि महानगर एक हप्ता पनि नबित्दै आफ्नो निर्णयबाट पछि हटेको हो ।

महानगरपालिको गत माघ १६ गते सूचना जारी गर्दै माघ २३ देखि मुख्य सहरी क्षेत्रको सडक पृथ्वीचोक–सभागृह चोक–न्युरोड–बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँ बजार–पृथ्वीचोक का सडक किनारमा पार्किङ गर्न नपाउने जनाएको थियो ।

तर, आवश्यक छलफल जारी रहेको भन्दै आफ्नो निर्णयबाट पछि हट्दै तत्काल उक्त व्यवस्था लागू नहुने भन्दै माघ २२ गते नै अर्को सूचना जारी गरेको हो । महानगले सरोकारवाला निकायहरु उद्योग वाणिज्य संघ, यातायातसँग सरोकारवालसँग आवश्यक छलफल जरुरी भएको भन्दै आफैले गरेको निर्णय बाट आफै पछाडी हटेको हो ।

यो सँगै महानगरले अर्को निर्णय नगरेसम्म ती स्थानहरुमा पार्किङ पुनः खुला भएको छ ।

पर्यटकीय पोखराका मुख्य चोकमा पार्किङ निषेध 

२३ माघ २०७९