सञ्चालनमा आयो बन्दिपुरको टुँडिखेलमा सार्वजनिक शौचालय


टुरिजम पाना बन्दिपुर । ५ चैत्र २०७९

बन्दिपुरको टुँडिखेलमा निर्माण भएको सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालय गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा बनाउने अभियान अन्तर्गत शौचालय व्यवस्थापन गरिएको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार, पालिकाले सो शौचालय पुननिर्माणका लागि २ लाख रुपैयाँ बजेट सहयोग गरेको छ ।

सञ्चालन आएको सो शौचालयले टुँडिखेलमा घुम्न जाने पर्यटकहरूलाई समेत सहज बनाउने उनको भनाइ छ । शौचालयको रेखदेखको जिम्मा स्थानीयलाई दिईएको छ ।

उनका अनुसार, अहिले पालिकाले बजार सफा राख्नका लागि अभियान नै सञ्चालन गरेको छ । जसअन्तर्गत बन्दिपुर बसपार्क एरियामा पनि पूरानो शौचालयलाई मर्मत सम्भार गरि सञ्चालनमा ल्याइएको छ ।

जसका लागि पालिकाले करिब एक लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको पालिका अध्यक्ष थापाले बताए ।

५ चैत्र २०७९