राप्रपाको प्रतिवद्वता : २५ लाख पर्यटक भित्र्याउन कार्यक्रम सञ्चालन गर्ने

बैकल्पिक पदमार्गको निर्माण गर्ने


टुरिजम पाना काठमाडौं । १४ कार्तिक २०७९
raprapa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बार्षिक २५ लाख पर्यटक भित्राउने लक्ष्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

आगामी प्रदेश तथा संघ निर्वाचनका लागि आज प्रतिवद्वता सार्बजनिक गर्दै राप्रपाले २५ लाख पर्यटक भित्राउनका लागि निजी, अन्तर्राष्ट्रिय क्षेत्रको संलग्नतामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको हो ।

यस्तै राप्रपाले धार्मिक पर्यटन प्रवद्र्वनमा प्राथमिकता, लोकप्रिय पदयात्रा मार्गहरु विस्थापित हुँदै गएकोले बैकल्पिक पदमार्गको निर्माण गर्ने, गौशाला, गुठी, मन्दिर, गुठी लगायत सबै धार्मिक पुरातात्विक संरचनाहरुको उच्च प्राथमितका साथ संरक्षण र विकास गर्ने समेत प्रतिवद्वता पत्रमा उल्लेख छ ।

१४ कार्तिक २०७९