नेकपा एसको घोषणा : नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्ने

पर्वतारोहण र पदयात्रालाई सुरक्षित गराउने


टुरिजम पाना काठमाडौं । १४ कार्तिक २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेपाललाई आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्दै नयाँ गन्तब्यको खोजी कार्यमा जोड दिने बताएको छ ।

आगामी प्रदेश तथा संघ निर्वाचनका लागि आज घोषणापत्र जारी गर्दै नेकपा एसले नेपालको बहुसांस्कृतिक, बहुभाषिक विशेषतालाई प्रवद्र्वन गर्दै जैविक, ऐतिहासिक र सांस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकनका साथै नयाँ खोजी कार्यमा जोड दिने जनाएको हो ।

यस्तै लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, पाथिभारा, हलेसी लगायतका ऐतिहासिक पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय गन्तब्यहरुको संरक्षण एवं विकासमा जोड दिने पनि घोषणापत्रमा उल्लेख छ ।

निकुञ्ज र वन्यजन्तु आरक्षण क्षेत्रहरुमा पर्यापर्यटनको विकास गर्दै पर्वतारोहण र पदयात्रा तथा हिमाल अवलोकलाई थप आकर्षण र सुरक्षित गर्नमा जोड दिने पनि बताईएको छ । लोपोन्मुख जाति र भाषाहरुको संरक्षण गर्नेमा नेकपा एसको जोड छ ।

१४ कार्तिक २०७९