रिभर फनको जिपलाइन र स्काइ साइकलिङमा यसरी रमाए कमेडियन (फोटो)


टुरिजम पाना काठमाडौं । ९ पुष २०७९

कमेडियन र निर्देशकहरुको एक टिम त्रिशुली नदी माथि रहेको जिपलाइनमाथी रमाएका छन् ।

रिभर फन बिच रिसोर्ट प्रालिले चुमखोलामा सञ्चालनमा गरेको जिपलाइन र स्काइ साइकलिङमा उनीहरु रमाएका हुन् । कमेडियनहरु मेक्सम गौडेल, कैलास कार्की, साजन श्रेष्ठ, सुन्दर खनाल, शुशान्त बस्याल, पुजन अधिकारी, सुमन कोइराला, बिक्की अग्रवाल र सारदा प्रसाईले जिपलाइन र स्काइ साइकलिङ खेलेका हुन् ।

उनीहरुको टिममा निर्देशक बिशाल भण्डारी पनि सहभागी थिए । उनीहरुमध्ये केहि जिपलाइन र स्काइ साइकलिङ दुबैमा रमाए । साहसिक पर्यटनमा आफूलाई परिचित बनाएको रिभर फन बिच रिसोर्टले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमासम्म जिपलाइन, त्रिशुलीको किनारैमा स्काइ साइकलिङ, र्‍याफटिङ र क्यानोनिङ समेत गराउँदै आएको छ ।

पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा यो रिसोर्ट पर्ने गरेको छ ।

तस्वीरहरु : रिभर फन

९ पुष २०७९