२० तस्वीर- शाली नदीमा भक्तजनको भीडभाड


टुरिजम पाना काठमाडौं । ३ माघ २०७९

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सहित माधवनारायणको मेलाले शालि नदीमा भक्तजन एवं पर्यटकको भीडभाड लागेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन शाली नदी पुग्ने गरेका छन् । मेला हेर्न काठमाडौं उपत्यका सहित विभिन्न स्थानहरुबाट भक्तजनको घुईचो लागेको छ ।

मेलाले त्यहाँको आन्तरिक व्यापार समेत फस्टाएको छ ।

३ माघ २०७९