सौर्य एयरको जहाज दुर्घटना: ४ जनाको शव निकालियो


तस्वीर: गोरखापत्र अनलाइन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट ४ जनाको शब निकालिएको उद्दारकर्मीले बताएका छन् ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको विमान रनवेभन्दा बाहिर पुगेको हो ।

विमानमा आगलागी भएको र नियन्त्रणका लागि ३ वटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाको प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाबारे गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।

जहाजमा १९ जना रहेका थिए । जहाजमा सवार सबै सौर्यकै प्राविधिक र कर्मचारी रहेको बताइएको छ ।

जहाजको पूर्ण मर्मतसंभारका लागि पोखरा जान लाग्दा दुर्घटनामा परेको हो ।

९ श्रावण २०८१