सौर्य एयरको जहाज दुर्घटना, जानकारी लिन गृहमन्त्री लेखक विमानस्थलमा


टुरिजम पाना संवाददाता काठमाडौं । ९ श्रावण २०८१
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको विमान रनवेभन्दा बाहिर पुगेको हो ।

विमानमा आगलागी भएको र नियन्त्रणका लागि ३ वटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाको प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाबारे गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।

जहाजमा १९ जना रहेका थिए । जहाजमा सवार सबै सौर्यकै प्राविधिक र कर्मचारी रहेको बताइएको छ ।

जहाजको पूर्ण मर्मतसंभारका लागि पोखरा जान लाग्दा दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा भीड बाक्लो रहेकाले उद्दारमा कठीनाई रहेको प्रहरीले जनाएको छ ।

 

९ श्रावण २०८१