पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण


टुरिजम पाना संवाददाता काठमाडौं । । ५ माघ २०८०
पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सिद्धार्थ ग्रुपको यस रिसोर्टलाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको छ ।

खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरमा क-अतिउत्तम, ख-उत्तम, ग- सन्तोषजनक र घ-सामान्य गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । सिद्धार्थ रिभरसाइडले पाएको वर्गीकरण सबैभन्दा उत्कृष्ट स्तर हो ।

पृथ्वी राजमार्गको मध्य भागमा रहेको यस रिसोर्टबाट काठमाडौं र पोखरा १००/१०० किलोमिटरको दूरीमा पर्छ ।

भैरहवाको पहिलो पाँचतारे होटल ‘सिद्धार्थ भिलासा’, सौराहाको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा वनवास लगायत देशका विभिन्न सहरमा  सिद्धार्थ ग्रुपका तारे होटल, रिसोर्ट, कटेज, क्याफे सहित करिब ३ दर्जन आउटलेट सञ्चालनमा छन् ।

५ माघ २०८०