अधुरै रह्याे पाेखरामा रमाइलाे गर्ने गायिका छन्त्यालकाे रहर


टुरिजम पाना काठमाडौं  । १ माघ २०७९

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा लोकगायिका निरा छन्त्याल पनि परेकी छिन् । विमानमा रहेका यात्रुकाे सूचीमा उनकाे नाम पनि रहेकाे छ ।

उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दुर्घटना भएकाे हाे ।

उनले विमान उड्नुअघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् । फेसबुककाे स्टाेरीमा समेत छन्त्यालले पाेखराकाे कार्यक्रममा आफू मुख्य आकर्षक रहेकाे तस्वीर समेत सेयर गरेकी थिइन् ।

१ माघ २०७९