सिरूबारी रजत महोत्सवमा पत्रकार भादगाउँले र पौडेल सम्मानित


टुरिजम पाना स्याङ्जा । ६ फाल्गुन २०७९

दरौं सिरूबारी रजत महोत्सव २०७९ को अवसरमा २ पत्रकारलाई सम्मान गरिएको छ ।

नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीले पर्यटन शुभारम्भ भएको रजत महोत्सवका अवसरमा गाउँ पर्यटन तथा सिरूबारी सामुदायिक होमस्टेका बारेमा विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गरी पर्यटन विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पत्रकार अमृत भादगाउँले र युवराज पौडेललाई सम्मान गरिएको हो ।

भादगाउँलेले लामो समयदेखि सिरुवारीको बारेमा समाचार र लेख सम्प्रेषण गर्दै आएका छन् । यस्तै पौडेलले पछिल्लो समय स्याङ्जा जिल्लाबाट गाउँ पर्यटनका बारेमा समाचार सम्प्रेषण गर्ने गरेका छन् । सम्मानित पत्रकार भादगाउँलेलाई नगद २५ हजार र पौडेललाई नगद १० हजार सहित प्रमुख अतिथि पर्यटन मन्त्री सुदन किराँतीले प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा होमस्टे स्थापनमा सहयोग पुर्‍याउने विभिन्न अगुवाहरुलाई समेत सम्मान गरिएको थियो ।

६ फाल्गुन २०७९