क्यानले रोक लगायो प्रभु हेलिकप्टरका उडान


टुरिजम पाना काठमाडौं । १० माघ २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।

गत माघ ५ गते अनुमति नै नलिई स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको विषयमा प्राधिकरणले स्पष्टिकरण सोधेको भएपनि जवाफ नआएपछि उडान रोक लगाएको क्यानले जनाएको छ ।

प्राधिकरणले थप छानबिन गरिरहेको र अर्को निर्णय नभएसम्म सबै उडानमा रोक लगाएको हो ।

१० माघ २०७९