प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को उपाध्यक्षमा एक्स्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमनविक्रम पाण्डे निर्वाचित भएका छन्।
प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे पाटाको ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
पाण्डेले यसअघि पाटामा कोषाध्यक्ष र सचिवको रुपमा काम गरेका थिए। उनी ३५ वर्षदेखि पर्यटन क्षेत्रमा संलग्न छन्। उनले पाटाको उपाध्यक्षका रुपमा सन् २०२६ सम्म काम गर्नेछन्। नेपाल सन् १९७५ देखि पाटाको सदस्य छ।
पाटाको अध्यक्षमा भने इण्डोनेसियाका पिटर सिमोन निर्वाचित भएका छन्।