तारा एयरको जहाजमा चरा ठोक्कियो


टुरिजम पाना काठमाडौं । २१ मंसिर २०७९

नेपालगन्जबाट हुम्लाकाे सिमिकाेट उडेकाे तारा एयरको जहाजमा चरा ठोक्किएको छ । अदानचुली गाउँपालिकाको मुने लेकनजिकै तारा एयरकाे कार्गाे चिल ठोक्किएको तारा एयरले जानकारी दिएकाे छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । चरा ठाेक्किए पनि जहाज सकुशल सिमिकाेट विमानस्थलमा अवतरण गरिएकाे छ ।

जहाजमा पाइलट, काे पाइलट र एयरहाेस्टजसहित ३ जना सवार थिए ।

२१ मंसिर २०७९